| क. | विशिष्ठ तह | रु. १५००।– |
| ख. | प्रथम तह | रु. १०५०।– |
| ग. | द्वितीय तह | रु. ७५०।– |
| घ. | तृतीय तह | रु. ५५०।– |
नोट:
१. परिषदबाट जारी गरिएको स्थायी नाम दर्ता प्रमाणपत्रहरुको अवधि जारी भएको मिति ले ५ बर्ष सम्म म्याद हुनेछ । ५ बर्ष पश्चात् म्याद सकिएको दिनबाट नब्बे दिन सम्म जरिवाना लाग्ने छैन । नब्बे दिन पश्चात् परिषदले अध्यावधिक गर्नको लागी लिने दस्तुरमा प्रत्येक बर्षको रु १००।– का दरले जरिवाना स्वरुप थप रकम जम्मा गर्नु पर्नेछ ।
२. परिषदबाट जारी गरिएको स्थायी नाम दर्ता प्रमाणपत्र हराएमा निम्न अनुसारको आवश्यक कागजातहरु पेश गर्नु पर्ने छ ।
क. परिषदबाट जारी भएको नाम दर्ता प्रमाणपत्र हराएको भनी प्रहरी कार्यालयले दिइएको पत्र l
ख. प्रतिलिपि लिनको लागी परिषदको खातामा जम्मा गरेको रु १०००/- को बैंक भौचर l
ग. परिषदबाट जारी भएको नाम दर्ता प्रमाणपत्र को फोटोकपी l
घ. आवेदन फारम भर्दा को फोटो l
ङ. सम्बन्धित व्यक्तीले नाम दर्ता प्रमाणपत्र हराएको भनी दिने निबेदन l