Logo

नेपाल स्वास्थ्य व्यवसायी परिषद Nepal Health Professional Council

Old Website
Recent Updates

For Health Professional

स्वास्थ्य व्यवसायीको नाम दर्ता प्रक्रिया (Student Online Registration)

दर्खास्त सम्बन्धि व्यवस्था :

  1. स्वास्थ्य व्यवसायीले परिषदको दर्ता किताबमा नाम दर्ता गराउनको लागि परिषदको Website: www.nhpc.gov.np मा On-line registration (Student) Open गरी उपलब्ध हुने आफ्नो तह र विषयसँग सम्बन्धित आवेदन फाराममा उल्लेख भएका सबै विवरण भरी Upload गर्नुपर्नेछ ।
  2. दफा १ मा उल्लेख भएको आवेदन फारामको साथमा निम्न कागजात समेत Upload गर्नुपर्नेछ ।

विशिष्ट तहको लागि

  1. नेपाली नागरिकताको प्रमाण पत्र
  2. साधारण योग्यता (एस.एल.सी.) को लब्धाङ्क पत्र, चारित्रिक प्रमाण पत्र र प्रोभिजनल प्रमाण पत्र / ओरिजिनल प्रमाण पत्र
  3. प्रमाण पत्र तह वा सो सरह शैक्षिक योग्यताको लब्धाङ्क पत्र, चारित्रिक प्रमाण पत्र र प्रोभिजनल प्रमाण पत्र / ओरिजिनल प्रमाण पत्र
  4. व्यवसायिक÷प्राविधिक शिक्षाको स्नातक वा सो सरह (स्वास्थ्य व्यवसाय) संग सम्बन्धित उत्तीर्ण गरेको लब्धाङ्क पत्र, चारित्रिक प्रमाण पत्र र प्रोभिजनल प्रमाण पत्र / ओरिजिनल प्रमाण पत्र
  5. सिप अध्यापन गराउन सक्षम योग्य जनशक्ति भएको स्तरीय स्वास्थ्य संस्था बाट जारी भएको OJT / INTERNSHIP गरेको प्रमाण पत्र
  6. विदेशी शिक्षण संस्थाबाट उत्तीर्ण गरेको भए समकक्षताको प्रमाण पत्र र पासपोर्ट चाहिने मुलुक भए पासपोर्ट र भिसाको प्रतिलिपी
  7. विदेशी शिक्षण संस्थाबाट उत्तीर्ण गरेको भए शैक्षिक योग्यताको CURRICULUM, शिक्षण संस्थाको PROSPECTUS समेतको सक्कल तथा प्रतिलिपी परिषद कार्यालयमा बुझाउनु पर्नेछ (UPLOAD गर्नु नपर्ने) ।
  8. परीक्षा दस्तुर रु. ३०००। राष्ट्रिय बाणिज्य बैंक ११५०१००००२१३३००१, हिमालयन बैंक लिमिटेड १२०००५७४६६००२८, नेपाल एस.बि.आई बैंक २०४३५२४०१००००८ मा दाखिला गरेको भौचर ।
  9. परीक्षामा उत्तीर्ण भए पश्चात नाम दर्ता दरखास्त दस्तुर रु. २०५०।– राष्ट्रिय बाणिज्य बैंक ११५०१००००२१३३००१, हिमालयन बैंक लिमिटेड १२०००५७४६६००२८, नेपाल एस.बि.आई बैंक २०४३५२४०१००००८ मा दाखिला गरेको भौचर (विदेशी शिक्षण संस्थाबाट अध्ययन गरेकाहरुको हकमा दस्तुर रु. ४०५०।– बैंक दाखिला गरेको भौचर)
  10. दफा २ अनुसार SCAN गरी UPLOAD गरेका प्रमाण पत्र, कागजातहरुको सत्यापन पक्ष (ORIGINALITY) को जिम्मेवारी आवेदक स्वयं हुनेछ र UPLOAD गरेका सबै कागजातहरुको सक्कलै कपी प्रमाणपत्र लिन आउँदा लिएर आउनु पर्नेछ ।
  11. कृपया सक्कल कागजातको स्क्यान मात्र UPLOAD गर्नु होला । (Please upload the scan of Original Document Only)

प्रथम तहको लागि

  1. नेपाली नागरिकताको प्रमाण पत्र
  2. साधारण योग्यता (एस.एल.सी.) को लब्धाङ्क पत्र, चारित्रिक प्रमाण पत्र र प्रोभिजनल प्रमाण पत्र / ओरिजिनल प्रमाण पत्र
  3. प्रमाण पत्र तह वा सो सरह शैक्षिक योग्यताको लब्धाङ्क पत्र, चारित्रिक प्रमाण पत्र र प्रोभिजनल प्रमाण पत्र / ओरिजिनल प्रमाण पत्र
  4. व्यवसायिक÷प्राविधिक शिक्षाको स्नातक वा सो सरह (स्वास्थ्य व्यवसाय) संग सम्बन्धीत उत्तीर्ण गरेको लब्धाङ्क पत्र, चारित्रिक प्रमाण पत्र र प्रोभिजनल प्रमाण पत्र / ओरिजिनल प्रमाण पत्र
  5. सिप अध्यापन गराउन सक्षम योग्य जनशक्ति भएको स्तरीय स्वास्थ्य संस्था बाट जारी भएको OJT / INTERNSHIP गरेको प्रमाण पत्र (शिक्षण अस्पतालमा अध्ययन गरेकाहरुको हकमा र जनस्वास्थ्य विषय अध्ययन गरेकाहरुको हकमा आवश्यक नपर्ने
  6. विदेशी शिक्षण संस्थाबाट उत्तीर्ण गरेको भए समकक्षताको प्रमाण पत्र र पासपोर्ट चाहिने मुलुक भए पासपोर्ट र भिसाको प्रतिलिपी
  7. विदेशी शिक्षण संस्थाबाट उत्तीर्ण गरेको भए शैक्षिक योग्यताको CURRICULUM, शिक्षण संस्थाको PROSPECTUS समेतको सक्कल तथा प्रतिलिपी परिषद कार्यालयमा बुझाउनु पर्नेछ (UPLOAD गर्नु नपर्ने) ।
  8. परीक्षा दस्तुर रु. ३०००। राष्ट्रिय बाणिज्य बैंक ११५०१००००२१३३००१, हिमालयन बैंक लिमिटेड १२०००५७४६६००२८, नेपाल एस.बि.आई बैंक २०४३५२४०१००००८ मा दाखिला गरेको भौचर ।
  9. परीक्षामा उत्तीर्ण भए पश्चात नाम दर्ता दरखास्त दस्तुर रु. १५५०।– राष्ट्रिय बाणिज्य बैंक ११५०१००००२१३३००१, हिमालयन बैंक लिमिटेड १२०००५७४६६००२८, नेपाल एस.बि.आई बैंक २०४३५२४०१००००८ मा दाखिला गरेको भौचर (विदेशी शिक्षण संस्थाबाट अध्ययन गरेकाहरुको हकमा दस्तुर रु. ३०५०।– बैंक दाखिला गरेको भौचर)
  10. दफा २ अनुसार SCAN गरी UPLOAD गरेका प्रमाण पत्र, कागजातहरुको सत्यापन पक्ष (ORIGINALITY) को जिम्मेवारी आवेदक स्वयं हुनेछ र UPLOAD गरेका सबै कागजातहरुको सक्कलै कपी प्रमाणपत्र लिन आउँदा लिएर आउनु पर्नेछ ।
  11. कृपया सक्कल कागजातको स्क्यान मात्र Upload गर्नु होला । (Please upload the scan of Original Document Only)

द्वितीय तहको लागि

  1. नेपाली नागरिकताको प्रमाण पत्र
  2. साधारण योग्यता (एस.एल.सी.) को लब्धाङ्क पत्र, चारित्रिक प्रमाण पत्र र प्रोभिजनल प्रमाण पत्र / ओरिजिनल प्रमाण पत्र
  3. व्यवसायिक शिक्षा (स्वास्थ्य व्यवसाय संग सम्बन्धीत) प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको योग्यताको लब्धाङ्क पत्र, चारित्रिक प्रमाण पत्र र प्रोभिजनल प्रमाण पत्र / ओरिजिनल प्रमाण पत्र
  4. सम्बन्धित विश्वविद्यालय÷परिषद÷बोर्ड बाट प्रदान गरिएको ओरिजिनल / प्रोभिजनल प्रमाण पत्र
  5. व्यवसायिक÷प्राविधिक शिक्षाको प्रमाण पत्र तह वा सो सरहको शैक्षिक योग्यताको लागि भर्ना योग्यता प्रमाण पत्र वा सो सरह (विज्ञान) भएकाहरुको हकमा सो योग्यताको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र
  6. सिप अध्यापन गराउन सक्षम योग्य जनशक्ति भएको स्तरीय स्वास्थ्य संस्थाबाट जारी भएको OJT / INTERNSHIP गरेको प्रमाण पत्र
  7. विदेशी शिक्षण संस्थाबाट उत्तीर्ण गरेको भए समकक्षताको प्रमाण पत्र
  8. विदेशी शिक्षण संस्थाबाट उत्तीर्ण गरेको भए उक्त योग्यताको CURRICULUM र शिक्षण संस्थाको Prospectus समेतको सक्कल तथा प्रतिलिपी परिषद कार्यालयमा बुझाउनु पर्नेछ (UPLOAD गर्नु नपर्ने)
  9. परीक्षा दस्तुर रु. ३०००। राष्ट्रिय बाणिज्य बैंक ११५०१००००२१३३००१, हिमालयन बैंक लिमिटेड १२०००५७४६६००२८, नेपाल एस.बि.आई बैंक २०४३५२४०१००००८ मा दाखिला गरेको भौचर ।
  10. परीक्षामा उत्तीर्ण भए पश्चात नाम दर्ता दरखास्त दस्तुर रु. १०५०।– राष्ट्रिय बाणिज्य बैंक ११५०१००००२१३३००१, हिमालयन बैंक लिमिटेड १२०००५७४६६००२८, नेपाल एस.बि.आई बैंक २०४३५२४०१००००८ मा दाखिला गरेको भौचर (विदेशी शिक्षण संस्थाबाट अध्ययन गरेकाहरुको हकमा दस्तुर रु. २०५०।– बैंक दाखिला गरेको भौचर)
  11. LOG BOOK बुझाउनु पर्ने व्यवसायीहरुको हकमा ती व्यवसायीहरुले आफ्नो शिक्षण संस्थामा सक्कलै LOG BOOK बुझाउने र अध्ययन गरेको शिक्षण संस्थाले आफ्ना विद्यार्थीहरुको सक्कलै LOG BOOK संकलन गरी १५ दिन भित्र परिषद समक्ष बुझाउनु पर्ने ।
  12. दफा २ अनुसार SCAN गरी UPLOAD गरेका प्रमाण पत्र, कागजातहरुको सत्यापन पक्ष (ORIGINALITY) को जिम्मेवारी आवेदक स्वयं हुनेछ र UPLOAD गरेका सबै कागजातहरुको सक्कलै कपी प्रमाणपत्र लिन आउँदा लिएर आउनु पर्नेछ ।
  13. कृपया सक्कल कागजातको स्क्यान मात्र UPLOAD गर्नु होला । (Please upload the scan of Original Document Only)

तृतीय तहको लागि

  1. नेपाली नागरिकताको प्रमाण पत्र
  2. साधारण योग्यता (टेष्ट÷एस.एल.सी.) को लब्धाङ्क पत्र, चारित्रिक प्रमाण पत्र र प्रोभिजनल प्रमाण पत्र / ओरिजिनल प्रमाण पत्र
  3. व्यवसायिक योग्यता (T-SLC) (कम्तीमा एक शैक्षिक वर्षको तालिम) को लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र (पुनः परीक्षा दिई उत्तीर्ण गरेको भए प्रत्येक सालको लब्धाङ्क पत्र)
  4. सम्बन्धीत परिषद बोर्डले प्रदान गरेको ओरिजिनल ÷प्रोभिजनल प्रमाण पत्र
  5. सिप अध्यापन गराउन सक्षम योग्य जनशक्ति भएको स्तरीय स्वास्थ्य संस्था बाट जारी भएको OJT गरेको प्रमाण पत्र
  6. विदेशी शिक्षण संस्थाबाट उत्तीर्ण गरेको भए समकक्षताको प्रमाण पत्र
  7. नाम दर्ता दरखास्त दस्तुर रु. ७५०।– राष्ट्रिय बाणिज्य बैंक ११५०१००००२१३३००१, हिमालयन बैंक लिमिटेड १२०००५७४६६००२८, नेपाल एस.बि.आई बैंक २०४३५२४०१००००८ मा दाखिला गरेको भौचर (विदेशी शिक्षण संस्थाबाट अध्ययन गरेकाहरुको हकमा दस्तुर रु. १५५०।– बैंक दाखिला गरेको भौचर)
  8. LOG BOOK बुझाउनु पर्ने व्यवसायीहरुको हकमा ती व्यवसायीहरुले आफ्नो शिक्षण संस्थामा सक्कलै LOG BOOK बुझाउने र अध्ययन गरेको शिक्षण संस्थाले आफ्ना विद्यार्थीहरुको सक्कलै LOG BOOK संकलन गरी १५ दिन भित्र परिषद समक्ष बुझाउनु पर्ने ।
  9. दफा २ अनुसार SCAN गरी UPLOAD गरेका प्रमाण पत्र, कागजातहरुको सत्यापन पक्ष (ORIGINALITY) को जिम्मेवारी आवेदक स्वयं हुनेछ र UPLOAD गरेका सबै कागजातहरुको सक्कलै कपी प्रमाणपत्र लिन आउँदा लिएर आउनु पर्नेछ ।
  10. कृपया सक्कल कागजातको स्क्यान मात्र UPLOAD गर्नु होला । (Please upload the scan of Original Document Only)